Skip to content
Thu. Feb 12th, 2026
NEWNMCLE
WE ACCEPT KHALTI PAYMENT [NOTE:FOLLOW THE TEXTBOOK]
Home
SKILL TEST
All Products
Test Hall
Class Room
Syllabus for medical officer PSC
MEDICAL
MBBS ENTRANCE TIPS
IOM/MOE/KU SYLLABUS
Syllabus
TSC
Syllabus of Primary Level Teaching License
Syllabus of Secondary Level Teaching License
mode
Audio
stories
Contact Us
Login
Sign Up
Play
माध्यमिक तहको अध्यन अनुमतिको लिखित परीक्षाको पाठयक्रम , २०७८ पूर्णाङ्क : १०० उतिर्णाङ्क : ५० समय: १ घण्टा १. पाठयक्रमको परिचय यो पाठ्यक्रम माध्यमिक तहमा शिक्षक हुन चाहने बयाक्तिहरुका लागि तयार पारिएको हो । नेपालमा बिद्यालय शिक्षाको अवस्था र शिक्षण सिकाई पदतिमा आफुलाई समाहित गर्न चाहने बयक्तिहरुले शिक्षण सेवामा प्रवेश गर्नु पुर्व संचालन गरिने अध्यापन अनुमति पत्रको परिक्षाको प्रयोजनका लागि यो पाठ्यक्रम तयार गरिएको छ। यसमा नेपालको शिक्षा प्रणाली , शिक्षण सिकाईमा आएका नवीनतम चिन्तन , बालबालिकाको मनोबैज्ञान बुझेर शिक्षण सिकाई क्रियाकलाप अघि बढाउने बिषय , बिद्यालय , समुदाय सम्बन्ध , शिक्षकको पेशागत विकास , शिक्षामा गुणस्तर , शैक्षिक नेतृत्व ,कक्षाकोठा व्यवस्थापन ,शैक्षिक योजना , बिद्यार्थीका सहायताका क्षेत्रहरु , शिक्षण विधि तथा पद्वति , विद्यार्थीहरुको मुल्याँकनका विधि तथा प्रचलन , शिक्षण सिकाईमा अनुसन्धानको अभ्यास , संचार तथा सूचना प्रबिधिको प्रयोग र प्रविधिका समसामायिक बिषयलाई आधार मानी शिक्षण सिकाई तथा कक्षाकोठा व्यवस्थापनका क्षेत्रसंग सम्बन्धित भइ यो पाठयक्रम तयार गरिएको छ। यस पाठ्यक्रमले शिक्षणमा संलग्न हुन चाहने व्यक्तिलाई अध्यापन अनुमतिको परिक्षाका लागि आवस्यक तयारी गर्न मार्गनिर्देशन गर्न अपेक्षा राखिएको छ। २. उदेश्य यस पाठ्यक्रमका उदेश्यहरु निम्न अनुसार रहेका छन् : नेपालको राष्ट्रिय शिक्षा प्रणालीका विभिन्न पक्षहरुको सैदान्तिक परिचय र प्रयोगको अवस्थाका बिषयमा बताउने, शिक्षामा देखिएका नवीनतम चिन्तन र यसमा देखापरेका मूल प्रवृति एवं बिशेस्ताको जानकारी लिई शिक्षण सिकाईमा उपयोग गर्न, सिकाईको अवस्था , बालमनोविज्ञान र शिक्षा मनोविज्ञानका विभिन्न तत्वहरुको जानकारी गराउन र सिकाइमा तिनीहरुको उपयोग गर्न, बिद्यालय र सामुदायको सम्बन्ध तथा तिनीहरुको सहसम्बन्ध कायम गरि शिक्षण सिकाइमा सहजीकरण गर्ने तरिकाहरुको बताउने, शिक्षकको पेशागत सक्षमता र प्रभावकारी सिकाइका लागि शिक्षकले खेल्नुपर्ने भूमिकाको विवेचना गर्न सक्षम बनाउने, शिक्षण सिकाइलाई गुणसतरिय बनाउन योजना तथा मापदण्ड तयार गर्न, शैक्षिक सुशासन कायम गर्ने बिषयमा शिक्षकले खेल्ने भूमिका बताउन, कक्षाकोठाको ब्यवस्थापन गर्न , बिद्यार्थीलाई सिकाईमा सहायता प्रदान गर्न र विभिन्न शिक्षण विधि तथा प्रक्रियाका आधारमा प्रभावकारी सिकाइ गर्न, सूचना तथा संचार प्रविधिको प्रयोग गरि शिक्षण सिकाई गर्न, शिक्षण सिकाइमा आवस्यक पर्ने बौद्धिक ज्ञान, भाषा तथा गणितिय सक्षमता र अध्ययन अनुसन्धानका निष्कर्ष तथा सुझावको उपयोग गरि शिक्षण गर्न, मुल्यांकनका विभिन्न विधि , साधन तथा उपकरणको उपयोग गरि प्रभावकारी रुपमा बिधार्थीको मुल्यांकन गर्न । ३. पाठ्य बिषय खण्ड क : सामान्य शिक्षा ३.१ नेपालको राष्ट्रिय शिक्षा प्रणाली नेपालको संबिधान मा शिक्षा सम्बन्धि व्यवस्था (मौलिक हक , राज्यका निर्देशक सिद्धान्त र नीतिहरु) नेपालको शैक्षिक इतिहास विधालय शिक्षाको संरचना र प्रकार शिक्षाका राष्ट्रिय उदेश्य तथा तहगत सक्षमताहरु (माध्यमिक तह) शिक्षा येन २०२८ (संशोधन सहित) तथा शिक्षा नियमावली २०५९ शिक्षक सेवा आयोग नियमावली २०५७ अनिवार्य तथा नि:शुल्क शिक्षा येन , २०७५ तथा नियमावली , २०७७ स्थानीय सरकारी संचालन येन , २०७४ (शिक्षासंग सम्बन्धित मात्र) राष्ट्रिय शिक्षा नीति , २०७६ (विधालय शिक्षा सम्बन्धि) इन्चोन घोषणा र दिगो विकास लक्षय कर्यढाँचा सङ्घीय स्वरुपमा शिक्षाको व्यवस्थापन , संचालन ३.२. शिक्षामा नवीनतम चिन्तन समावेशी शिक्षा बालमैत्री शिक्षाको अवधारणा र प्रयास सामाजिक न्याय र शिक्षामा समावेशीकारण शिक्षामा लैंगिक समता , समानता र महिला शिक्षा अनौपचारिक शिक्षा (साक्षरता शिक्षा, डिजिटल साक्षरता, बैकल्पिक तथा निरन्तर शिक्षा) र खुल्ला तथा दुर शिक्षा प्राविधिक तथा व्यावसायिक शिक्षा र रोजगारमूलक शिक्षा जीवनोपयोगी सिप (life skill) र सामान्य व्यावसायिक सिप (soft skills) शिक्षामा द्वन्द तथा तनाव व्यवस्थापन , स्वव्य्स्थापन, संकटमा शिक्षा व्यवस्थापन र सिकाइ ३.३. सिकाइ र बाल मनोविज्ञान सिकाइको अवधारणा र स्वरुप सिकाइका सिद्दान्तहरु व्यवहारवाद, संज्ञानवाद, निर्माणवाद र सामाजिक निर्माणवाद बाल मनोविज्ञानको अवधारणा युवावस्था र किशोरावस्थाका बाल बालिका को विकासात्मक विशेषताहरु र सिकाइ सिकाइ मा प्रभाव पार्ने तत्वहरु : उत्प्रेरणा , पुनरवल , अभ्यास , स्मृति र विस्मरण , सिकाइ स्थानान्तरण , नैराशयता समायोजन र सिकाइ सिकाइ मा वैयक्तिक भिन्नता , विशेष आवस्यकता तथा विशिस्ट क्षम्ताको पहिचान र सो अनुरुप शिक्षण ३.४. विधालय समुदाय सम्बन्ध विधालय समाजको एक सहपद्दतिका रुपमा (School as a Sub-system) विधालय समुदाय सम्बन्ध तथा समुदाय र अभिभावकको विधालयप्रतिको दयित्व विधालय सुधार योजना र यसको यसको प्रभावकारिता , गाऊ/नगर शिक्षा योजना विधालयको विकासमा समुदायक परिचालन विधालय विकासमा श्रोत पहिचान , संकलन , वर्गीकरण र परिचालन तथा बजेट व्यवस्थापन विधालय शिक्षामा नागरिक समाज , गैरसरकारी तथा सामाजिक संस्थाको भूमिका विधालय शिक्षामा सामाजिक परिक्षण र सार्वजनिक सुनुवाई शिक्षाको विकासमा शिक्षकका पेसागत संघ संस्थाको भूमिका ३.५. शिक्षकको पेशागत दक्षता विकास शिक्षकको पेसागत विकासको अवधारणा , यसको आवस्यकता र उपयोग शिक्षकका सक्षमताहरु शिक्षक पेसागत विकासको वर्तमान व्यवस्था र स्वरूप शिक्षकको पेसागत दक्षता विकासका उपायहरु एवं प्रचलित मोडल तथा प्रणालीहरु विधालय सिकाइ संगठन (School as a Learning Organization) का रुप मा विकास अद्यापन अनुमति पत्रको आवश्यकता र औचित्य शिक्षक को नैतिक मुल्य , मान्यता , उतरदायित्व र तिनको परिपालना स्थानीय तह र विधालय मा शैक्षिक अनुगमन , सुपरिवेक्षण तथा पेसागत विकासमा सहयोग । ३.६. गुणस्तरीय शिक्षा गुणस्तरीय शिक्षाको परिभाषा, अवधारणा, आयाम र विशेषता गुणस्तरीय शिक्षाका प्रचलित मापदण्ड / सुचकहरु विधालय शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक नीति तथा कार्यक्रमहरु विधालय कार्य सम्पादन परिक्षण , विधार्थी उपलब्धिको राष्ट्रिय परिक्षण का प्रतिवेदनहरु र तिनका प्रमुख सिफारिसहरु विधालय शिक्षामा शैक्षिक गुणस्तर अभिवृद्धि हुन् नसक्नुका कारण र गुणस्तर सुधारका उपायहरु गुणस्तरीय शिक्षाको विकासमा शिक्षक , अभिभावक , समुदायक र विधार्थीको भूमिका खण्ड ख : शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया ३.७. शैक्षिक सुशासन र नेतृत्व शैक्षिक सुशासनको परिचय र अवधारणा शैक्षिक सुशासनमा नागरिक वडापत्र , उजुरी र गुनासो व्यवस्थापन विधालयको अभिलेख व्यवस्थापन र प्रयोग शैक्षिक नेतृत्वको अवधारणा र प्रकार , आवश्यक सिपहरु नेतृत्व विकास र प्रयोगमा : वि व्य स , प्र अ , शिक्षक र विधार्थीको भूमिका विद्यार्थीको क्षमता प्रष्फुटनमा शिक्षकको भूमिका (शिक्षण सिकाइमा प्रजातान्त्रिक अभ्यासको अवसर , विद्यार्थीमा नेतृत्व लिने समान अवसर सिर्जना , विद्यार्थीहरुमा भएको बहुप्रतिभाको खोज , स्वव्यवस्थापन, आत्म चिन्तन र आत्म मुल्यांकनको वातावरण निर्माण) । समुह परिचालन सम्बन्धि सिप शैक्षिक नेतृत्व र दिर्घकालिन सोच एवं सिर्जनात्मकता ३.८. काक्षाकोठा व्यवस्थापन तथा शैक्षनिक योजना काक्षाकोठा व्यवस्थापन को अवधारणा र अभ्यास , विशेषता , प्रयोगको अवस्था तथा ध्यान दिनुपर्ने कुराहरु बसाई व्यवस्थापन , सिकाइ सामग्रीको संकलन तथा प्रयोग , भित्ते सामग्रीको उपयोग कक्षाकोठाभित्रको अन्तरक्रिया: अवधारणा र प्रयोग , कक्षाकोठा मा प्रभावकारी संचार (पुर्व ज्ञानको परिक्षण, विधार्थी क्रियाशीलता , प्रसन गर्ने सिप ,निर्देशन सिप , विधार्थी परामर्श , बुझाई सिपको परिक्षण र सुधारात्मक शिक्षण ) शैक्षणिक योजना र तिनको उपयोग (कक्षा शिक्षण , विषय शिक्षण , मिश्रित शिक्षण , सिकाइका लागि वार्षिक , साप्ताहिक, एकाइ र दैनिक पाठ योजना निर्माण र प्रयोग ) शिक्षक-विधार्थी तथा विधार्थी-विधार्थी सम्बन्ध सामाजिक, सांस्कृतिक तथा भाषिक विविधताको व्यवस्थापन सह तथा अतिरिक्त कार्यकलापको योजना तथा व्यवस्थापन ३.९. पाठ्यक्रम तथा विधार्थी सहायता प्रणाली पाठ्यक्रमको अवधारणा, विकास र सम्बन्धित तहको पाठ्यक्रमको अध्ययन राष्ट्रिय पाठयक्रम प्रारूप, २०७६ स्थानीय पाठ्यक्रम / मातृभाषा सिकाइको पाठ्यक्रम: अवधारणा, निर्माण प्रक्रिया, विद्यमान अभ्यास र कार्यान्वयनमा आइपरेका समस्याहरु पाठ्यक्रममा आधारित शिक्षण सिकाइ पाठ्यपुस्तकको परिचय , विशेषता र अंगहरु बहुपाठ्यपुस्तकको अवधारणा र प्रयोग शिक्षण मा पाठ्यक्रम र पाठ्यपुस्तकका अन्तरसम्बन्ध शिक्षक निर्देशिका र यसको प्रभावकारी उपयोग पाठ्यसामग्री र श्रोत सामग्रीहरुको संकलन, निर्माण, तयारी, प्रयोग र भण्डारण ३.१०. शिक्षण विधि र शैक्षणिक प्रक्रिया शिक्षण विधिको अवधारणा र प्रकार (शिक्षक केन्द्रित, विधार्थी केन्द्रित, अन्तरक्रियात्मक र सहयोगात्मक) शिक्षण सिकाइमा नवप्रवर्तन, आलोचनात्मक चेत र सिर्जनशिलता (Innovation and Creativity) शैक्षणिक योजना र तिनको उपयोग (कक्षा शिक्षण, विषय शिक्षण , मिश्रित शिक्षणलाई विधि ) सिकाइ का लागि वार्षिक, साप्ताहिक, एकाइ र दैनिक पाठ योजना निर्माण र प्रयोग आधुनिक शिक्षण रणनीतिहरु : परियोजना कार्य, क्षेत्रकार्य (Field Work)समालोचनात्मक चिन्तन विधिहरु, समस्या समाधान विधि र सिकाइमा भूमिका निर्वाह सहयोगात्मक सिकाइ उपचारात्मक शिक्षण विधिको प्रयोग महामारी तथा विपत को समयमा शिक्षण सिकाइमा निरन्तरता ३.११. विधार्थी मुल्यांकन मुल्यांकन को अवधधारणा उद्देश्य र महत्व शिक्षणमा निर्माणात्मक र निर्णयात्मक मुल्यांकनको उपयोग शिक्षक निर्मित र स्तरिक्रित परिक्षा विशिष्ट्करण तालिका निर्माण र उपयोग विधालय शिक्षामा लेटर ग्रेडिंग पद्वति (): अवधारणा, अभ्यास , समस्या र प्रभावकारीताका उपायहरु परिक्षा र मुल्याकनका साधन तथा तरिकाहरु नतिजा विश्लेषण र यसको उपयोग शिक्षण मा निरन्तर मुल्यांकन प्रणाली र यसको उपयोग शिक्षक निर्मित परिक्षा को वैधता तथा विश्वासनियता विधालय तहमा लिईने परिक्षाको संचालन , व्यवस्थापन र प्रमाणीकरण विद्यार्थी मूल्यांकनका अभ्यासहरू ३.१२. शिक्षण सिकाइ मा अनुसन्धान र प्रयोग अनुसन्धान : परिचय, उद्देश्य र प्रकार तथा विधालय शिक्षामा अनुसन्धानको आवस्यकता कार्यमूलक अनुसन्धान को अवधारणा, प्रक्रिया र प्रयोग कक्षाकोठाभित्र सम्बन्धित विषय शिक्षणका समस्याको पहिचान प्राप्त तथ्यांक तथा नतिजाको विश्लेषण र प्रतिवेदनको तयारी अनुसन्धानका निष्कर्षहरुको शिक्षण सिकाइमा उपयोग घटना अध्ययन : परिचय, प्रक्रिया र प्रतिवेदन कार्यमूलक अनुसन्धान र घटना अध्ययन बिच भिन्नता ३.१३. सूचना तथा संचार प्रविधि शिक्षण सिकाइमा सूचना, संचार प्रविधिको आवश्यकता र उपयोग : (परिचय, महत्व, प्रयोग, चुनौती र ध्यान दिनुपर्नेकुराहरु) शिक्षण सिकाइ मा कम्पुटर को उपयोग गरी शिक्षण सिकाइ मा उपयोग गर्ने सामग्री निर्माण तथा प्रयोग । विधालयमा प्रयोग गरिने साधारण सफ्टवेयरको प्रयोग सम्बन्धी आधारभूत ज्ञान शैक्षिक तथ्यांक संकलन , विश्लेषण ,सम्प्रेषण र प्रयोग एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) ३.१४. सामान्य बौद्धिक परिक्षण शाब्दिक बौद्धिक परिक्षण शब्दज्ञान परिक्षण समरुपता शाब्दिक वर्गीकरण श्रेणिक्रम समस्याहरु छुटेका संख्याहरू पूरा गर्ने भिन्न र दशमलव प्रतिशत र अनुपात नाफा नोक्सान ४. मुल्याङ्कन ४.१ विशिष्टिकरण तालिका (Specification Grid) पूर्णाङ्क : १०० क्र. स. एकाइ (वस्तुगत प्रश्नका प्रकार) जम्मा प्रस्न संख्या (प्रति प्रस्न २ अंक ) ज्ञान तथा बोध तह सिपको प्रयोग तह उच्च दक्षता तह खण्ड क : सामान्य शिक्षा १. नेपालको राष्ट्रिय शिक्षा प्रणाली २ १ १ ४ २. शिक्षामा नवीनतम चिन्तन २ १ १ ७ ३. सिकाइ र बाल मनोविज्ञान १ १ १ “ ४. विधालय समुदाय सम्बन्ध र स्थानीय शैक्षिक योजना १ १ १ ३ ५. शिक्षक को पेसागत दक्षता विकास १ १ १ ३ ६. गुणस्तरीय शिक्षा १ १ १ ३ खण्ड : ख शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया ७. शैक्षिक सुशासन र नेतृत्व १ २ १ ८ ८. कक्षाकोठा व्यवस्थापन तथा शैक्षणिक योजना २ १ १ “ ९. पाठ्यक्रम तथा विधार्थी सहायता प्रणाली २ १ १ ४ १०. शिक्षण विधि र शैक्षणिक प्रक्रिया २ १ १ ९ ११. विधार्थी मूल्यांकन २ १ २ “ १२. शिक्षामा अनुसन्धान र प्रयोग १ १ १ ३ १३. सूचना तथा संचार प्रविधि १ १ १ ६ १४. सामान्य बौद्धिक परिक्षण १ १ १ “ जम्मा २० १५ १५ ५० द्रष्टब्य : १. परिक्षा प्रणाली वस्तुगत हुने छ। वस्तुगत परिक्षामा प्रतिप्रश्न दुई अंक का दरले ५० वटा प्रश्न सोधिने छ। २. वस्तुगत प्रश्नहरु तयार गर्दा प्रथम तह (Level I) का ४० प्रतिशत , द्वितीय तह (Level II) का ३० र लेवल तृतीय तह (Level III) का लागि ३० प्रतिशत हुने छ। ३. यस परिक्षाका लागि १ घण्टा समय छुट्याइएको छ । ४. वस्तुगत बहुबैकल्पिक (Multiple Choice) प्रश्न हरुको उतर सही दिइएका प्रत्येक सही उतर बापत दुई अंक प्रदान गरिने छ। ५. यस पाठ्यक्रम मा परेका एन ,नियम ,कानुन , नीति तथा कार्यक्रम हरु परिक्षाको मितिभन्दा ३ महिना अगाडी (संशोधन भएका वा संशोधन भई ) कायम रहेकालाई यस पाठ्यक्रम मा परेको सम्झनु पर्ने छ। ६. यो पाठ्यक्रम २०७८ चैत्र २ गतेदेखि हुने परिक्षामा लागु हुने छ।
error:
Content is protected !!